पिडित परिवारको प्रश्नः आजिवन ८ वर्ष ५ महिना मात्रै हो? ‘पहिला हाम्रो परिवारको खुसी खोसियो, अहिले न्याय’

    • आश्विन ५, २०७९
    • १४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ५ असोज। ‘पहिला हाम्रो परिवारको खुसी खोसियो, अहिले न्याय; संविधानसभा सदस्य नेजमा आलमले दुखेसो पोखिन्। नेकपा एमालेका नेता स्वर्गीय महमुद आलमको हत्या अभियोगमा आजिवन कारावासको सजाय पाएका आफ्नै पार्टीका पूर्व सांसद रामचन्द्र कुशवाहा रिहा भएपछि आलमकी श्रीमतीसमेत रहेकी नेजमाले आक्रोश पोखेकी हुन्।

    Pardarshan - parwanipur

    आजिवन काराबासको सजाय भोगिरहेका प्यासी संविधान दिवसकै अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले जेलमुक्त गरेपछि बुधवार बाराको परवानीपुरमा आलम परिवारले न्यायको माँग गर्दै प्रदर्शन गरेका छन्।

    प्रदर्शनकै क्रममा आलमकी श्रीमती नेजमाले भनिन्, ‘मेरो श्रीमानलाई मारेर बालबच्चालाई टुहुरो बनाउने व्यक्तिलाई छोडेर सरकारले गलत नजिर बसालेको छ। खासमा असल चाललन भएका र अन्य सामान्य मुद्दाका व्यक्तिहरुको सजाय मिनाहा गर्नुपर्नेमा आजिवन काराबासको सजाय काटिरहेको हत्याराको सजाय मिनाहा गर्नु ठीक हैन।’ ८ वर्ष ५ महिनाको अवधि नै आजिवन हो ? भन्दै उनले प्रश्न गरेकी छिन्।

    untitled-1-copy 1

    पहुँच हुनेहरु हत्यारा भएपनि छुट पाउने व्यवस्थाप्रति आपत्ती जनाउँदै आलमका छोरा मोबिन आलमले आफुहरुमाथि अन्याय भएको बताए। राजनीतिक प्रभावकै कारण बुबाको हत्यारालाई कैद मिनाहा गरेर छोडेको बताउँदै उनले पुनः पक्राउ नगर्दासम्म विरोधलाई जारी राख्ने बताए।

    बाराको क्षेत्र नम्बर ४ बाट दोस्रो पटकको संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट महमुद आलमले संविधानसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्ता गरेको भोलीपल्टै २०७० असोज १८ गते परवानीपुरको चावासोती दालमिल अगाडि उनीमाथि गोली प्रहार भएको थियो।

    गोली प्रहारबाट गम्भिर घाइते भएका आलमको उपचारको क्रममा काठमाण्डौको टिचिङ् अस्पतालमा २४ असोज २०७० मा मृत्यु भएको थियो। आलम एमाले निकट मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले घटनाको अनुसन्धान गर्दा प्यासीको संलग्नता देखिएपछि १० कार्तिक २०७० मा उनी पक्राउ परेका थिए।

    जिल्ला अदालत बाराले १५ बैशाख २०७३ मा प्यासीलाई १० वर्षको जेल सजाए सुनाएपछि उक्त फैसलाबाट असन्तुष्ट आलमकी श्रीमती नेजमाले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन गरेकी थिइन्।

    वीरगञ्जका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले आलमको हत्याका मुख्य योजनाकार रहेको ठहर गर्दै प्यासीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसा सुनाएको थियो। सोही हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने विपिन यादवलाई १० वर्षको जेल सजाय सुनाइएको थियो।

    ab mall

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल