जनकपुर, ५ असोज। पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई–दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको बताएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निमार्ण एवम् परिसर सुधार कार्यको शिलान्यास कार्यक्रमपछि सम्बोधन उनले लोकतन्त्रलाई अगाडि बढाउनका लागि जनताको प्रतिनिधिबाट निर्मित संविधानको सबैले पालना गर्नुपर्ने बताउँदै राष्ट्रपतिको कदमले संविधान उलङ्घन भएको बताए।

yamaha 2 333

पूर्व राष्ट्रपति यादवले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाले संस्थाको मर्यादा विपरीत काम गर्नु नहुने बताए। संविधानको पालना गर्नु हामी सबैको कर्तव्य हो’ भन्दै पूर्व राष्टपति यादवले भने, ‘प्रधानमन्त्रीबाट दुई दुई पटक संसद् विघटन हुनु संविधान उल्लङ्घनको प्रत्यक्ष उदाहरण थियो। आज फोरी त्यस्तै घटना दोहरीको छ। यस प्रकारको घटना पटकपटक घट्नुले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने भएकोले यस प्रकारका घटना हुन नदिनका लागि हामी सबै सचेत हुन जरुरी छ।’

अर्को प्रसङ्गमा पूर्व राष्ट्रपति यादवले तराई मधेशको शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि समुदायले नै अपनत्व ग्रहण गरेर सुधार गर्नु जरुरी भएको बताए।

untitled-1-copy 1

उनले सरस्वती नमुना माध्यमिक विद्यालयमा पढेका विद्यार्थी देशको विभिन्न शीर्ष स्थानमा पुगे पनि विद्यालयको अवस्थामा सुधार नआएकोमा दुःख व्यक्त गरे।

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई सांस्कृतिक हिसाबमा विश्व समाजमा स्थापित गर्नका लागि यसलाई जानकी जन्मिएको ठाउँको रूपमा विकास गर्न आवश्यक भएको बताए। उनले विगतको जनकपुर र अहिलेको जनकपुरधाममा धेरै परिवर्तन भएको भन्दै जनकपुरधामको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले भ्याटसहित १० करोडको लागत अनुमानमा निमार्ण हुन लागेको विद्यालयको नौ वटा कोठा भएको दुई तल्ले भवन १५ महिना भित्रमा सक्न ठेकेदारलाई आग्रह गरे।

ab mall