एबी मल गोलबजार चौथो वर्षमा प्रवेश

    • आश्विन ४, २०७९
    • ८८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ४ असोज। गोलबजारमा रहेको सिरहा सुपर मार्केटद्वारा संचालित एबी मलको तेस्रो बर्ष पुरा गरी चौथो वर्षिमा प्रवेश गरेका छन्। एबी मलको तेस्रो वार्षिक उत्सब तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी तथा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले एवि मल गोलबजारको शान भएको बताए।

    yamaha 2 333

    उनले एविमलले गोलबजारको पहिचानमा थप टेवा पुर्याएको बताए। शुभकामना मन्तव्यको क्रममा मेयर श्रेष्ठले एविमल व्यवसायीक प्रतिष्ठानसँगै गोलबजारको पहिचानमा थप सहयोग पुर्याएको बताए।

    उनले यो व्यवसायीक प्रतिष्ठानलाई नगरपालिकाको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मलको प्रगतिको कामना समेत गरे।

    मलको तेस्रो वार्षिक उत्सबमा नगरपालिकाका नगर प्रमुख महेश चौधरीले लहानमा पनि मलको शाखाखोल्न अनुरोध गरे। उनले भने, ‘तपाईहरुलाई लहानमा स्वागत छ, तपाइँहरु लहानमा आउनुस्, बजारको मुख्यभागमा रहेको भानुबाचनालयको भवन व्यसायको लागिउपलब्ध गराउँछु।

    चोथो वर्ष प्रवेशको उपलक्ष्यमा उपस्थित जिल्लाका प्रमुख अधिकारि लालबाबु कवाडी, नकपा माओवादी निकट व्यवसायी संगठतका केन्द्रिय सदस्य विक्रम साह, श्रृजनशिल लघुवित संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ

    लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका गिए।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अर्जुन तिमल्सिना, सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी रमेश थापा, रास्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी पर्साईं, इलका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसी, विभिन्न व्यसायीसंस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो।

    मलका संचालक जाघिर अन्सारीको अध्यक्षतामा सम्पनन सम्मान तथा वर्षिक समारोहमा स्वागत मलका सीइओ पिन्टु राउतले राखेका थिए, भने कार्यक्रमको संचालन पत्रकार फिरोज शेखले गरेका थिए।

     

    ab mall

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल