सिरहा, ४ असोज। आठौं संविधान दिवसको अवसरमा सिरहा कारागारबाट विभिन्न मुद्दामा ४० देखि ५० प्रतिशत कैदसया भुक्तान गरिसकेका १९ जना कैदी रिहा भएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिन्हा भएका कर्तव्य ज्यान, सवारी ज्यान, डाँका, कुटपिट अंगभंग मुद्दा अन्तर्गत कैद सजाय भुक्तान गरिरहेका कैदिहरु रिहाभएका हुन्।

yamaha 2 333

सिरहा कारागारकी जेलर बविता महतोका अनुसार असल चालचलन भएका, कम्तिमा ५० प्रतिशत कैद भुक्तान भएकामध्ये जिल्ला कारागार, विभागको सिफारिश अनुसार नेपाल सरकारको निर्णय बमोजिम १९ जनाको बाँकी कैद सजाय मिनाहा भएपछि आवश्यक कागजात तयार गरी छुट पूर्जी बनाएर सोमबार दिउँसो रिहा गरिएको हो । रिहा भएकाहरुमा सात जना कर्तव्य ज्यान, सवारी ज्यान र डाँका मुद्दा तीन÷ तीन, कुटपिट अंगभंग दुई, बहुविवाह र सरकारी सम्पत्ति चोरी एक÷ एक, नकवजनी चोरी दुईजना गरी १९ जना रहेको जेलर महतोले बताइन् ।

उनका अनुसार २०७५ सालभन्दा अघि नै फैसला सुनाइएका सात जना कर्तव्य ज्यान मुद्दाका कैदीहरुको ४० प्रतिशतभन्दा बढी कैद भुक्तानसँगै बाँकी सजाय मिनाहा भएसँगै रिहा भएका हुन् । उक्त मुद्दा अन्तर्गत २०÷ २० वर्ष वर्ष कैद सजाय पाएका रामविलास महतो र कृष्णदेव महतो भनिने कृष्णकुमार महतो नौ वर्ष ११ महिना २३ दिन, चाँद बाबु भनिने अब्दुर रउफ नौ वर्ष तीन महिना नौ दिन कैद भुक्तानपछि बाँकी कैद मिनाहासँगै रिहा भएका छन् । त्यस्तै, २० वर्ष कैद सजायमध्ये परीक्षण भनिने रामपरीक्षण महतो र ओमप्रकाश महतो जनही आठ वर्ष पाँच महिना १६ दिन, रंजितकुमार महतो नौ वर्ष तीन महिना २६ दिन र पल्टु यादव नौ वर्ष सात महिना २१ दिन कैद सजाय भुक्तानपछि रिहा हुँदैछन् ।

कारागार व्यवस्थापन कार्यविधि २०७३ बमोजिम सवारी ज्यान मुद्दा अन्तर्गत तीन÷ तीन वर्ष कैद सजाय पाएका सीताराम चौधरी एक वर्ष सात महिना नौ दिन र सुनिलदत्त यादवको एक वर्ष आठ महिना १७ दिन कैद भुक्तानपछि बाँकी कैद मिनाहा भएको छ भने सोही मुद्दामा साढे तीन वर्ष कैद भएका सुरेन्द्रकुमार मण्डलको एक वर्ष ११ महिना २६ दिन भुक्तानपछि बाँकी मिनाहा भएको जेलर महतोले बताइन्।

untitled-1-copy 1

त्यस्तै, कुटपिट अंगभंग मुद्दामा दुई वर्ष कैद भएका भेल्टा भनिने गयाप्रसाद यादव एक वर्ष चार दिन, सूर्य भनिने सुरज यादव एक वर्ष ११ महिना पाँच दिन सजायमध्ये एक वर्ष १३ दिन कैद सजाय मिनाहा भएको छ । बहुविवाह मुद्दाका दुई वर्ष कैद भएका संजिप यादव एक वर्ष चार महिना २६ दिन, नकवजनी चोरी मुद्दा अन्तर्गत तीन वर्ष एक महिनाको सजाय पाएका रंजित यादव एक वर्ष नौ महिना आठ दिन र तीन वर्षको सजाय भएका कौशलकुमार महतो दुई वर्ष दुई महिना १५ दिन कैद भुक्तानपछि बाँकी मिनाहा भई रिहा भएको सिराहा कारागार प्रशासनले जनाएको छ । डाँका मुद्दा अन्तर्गत पाँच/ पाँच वर्ष कैद सजाय भएका अजयकुमार ठाकुर, नरेश मल्लिक डोम र शिवप्रकाश सदाको दुई वर्ष सात महिना १३ दिन कैद भुक्तानपछि बाँकी मिनाहा भएसँगै रिहा भएका हुन् ।

कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कुल एक सय ५० जना कैदी बन्दी बस्ने क्षमता भएपनि करिब साढे चार गुणा बढी कैदी र थुनुवा भएपछि सुत्न बस्न, धारा र शौचालय प्रयोग गर्न समेत समस्या रहेको कैदी बन्दीहरुले बताएका छन् । कारागार प्रशासनका अनुसार विभिन्न मुद्दाका छ सय ३५ तथा ३४ जना महिला गरी छ सय ६९ जना सिरहा कारागारमा रहेका छन् ।

ab mall