वीरगञ्ज, ३ असोज। नेपालको संविधानले आठौँ वर्षमा पाइला चाल्दै गर्दा मधेश प्रदेशमा अँझै पनि संविधानको अपनत्व हुन सकेको छैन। संविधान जारी भएको २०७२ असोज ३ गतको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाइरहँदा त्यही दिनलाई एकथरीले विरोधस्वरुप कालो दिनको रुपमा मनाउँदै आएका छन्।yamaha 2 333

मधेश केन्द्रीत राजनीतिक दलहरुले विरोध जनाएर कालो दिन मनाइरहँदा मधेशकै मुद्धा बोकेको जनता समाजवादी पार्टीले भने संविधान दिवस मनाएको छ। असोज ३ गते संविधान दिवस जारी भएकै दिन मधेशकै दाज्युभाईले सहादत प्राप्त गरेको दिनमा दिपावली मनाउनु अमानवीय हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगरका अध्यक्ष ओमप्रकाश सर्राफ बताउँछन्। उनी भन्छन्, ‘सयौँ दाज्युभाईको रगतले लतपतिएको र हजारौँ नागरिकको विरोधका बाब्जुद सेण्डिकेटका रुपमा फास्ट ट्रयाकबाट पारित गरिएको संविधान कुनै पनि हालतमा सर्वस्विकार्य छैन।’ जनताका मूल मर्मलाई संविधानले नसमेटेको बताउँदै सर्राफले आन्दोलनकारीलाई गोली ठोकी दमन गरेर निरंकुशतालाई निरन्तरता दिने उद्देश्यले जारी गरेको संविधान संशोधन हुनुपर्ने माग गरे।

विभिन्न समयमा गरेका सहमतिको पनि राज्य शक्तिले अवज्ञा गरेर सिमान्तकृत समुदायको अपमान गरेको सर्राफको ठहर छ। ७० वर्षमा ६ वटा संविधान खारेज भएको बताउँदै उनले अबको संविधान पनि संशोधन नभएर खारेज गराउनका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। राज्य शक्ति र प्रमुख दलका नेताहरुको नियतसँगै नीतिमा पनि खोट भएसम्म सबैले अपनत्वको आभाष गर्न नसक्ने सर्राफको बुझाई छ।

birodh2

लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँले पनि संविधान संशोधन नभएसम्म विरोध जारी रहने बताए। संविधान जस्तो महत्वपूर्ण विषयलाई बहुमत र अल्पमतको भरमा पारित गरेकोमा मियाँको आपत्ती। सहमतीमै पारित गरौँ भन्दा पनि प्रहरी र प्रशासनको बलमा जबरजस्ती पारित गरेको संविधान मान्य नहुने मियाँ बताउँछन्। सबै पक्षलाइ समेटेर संविधान जारी गर्न माग गर्दै आन्दोलन गर्ने क्रममा वीरगञ्जको माइस्थानमा शत्रुघन पटेलमाथि गोली चलाएकै दिन दिपावली गरेर खुशी मनाउन नसकिने मियाँको अडान छ।

untitled-1-copy 1

संविधान दिवसको दिन शुभकामना दिने र विभिन्न कार्यक्रममा सरीक हुने जसपा अब मधेशवादी दल नभएको उनको आरोप छ। वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगी संविधान दिवसको कार्यक्रममा सहभागी भएकै बेला स्पष्टिकरण सोध्ने जसपा अध्यक्ष उपेन्द्र यादवले यसपटक आफै शुभकामना दिएर कार्यक्रमहरुमा सहभागी भएकोमा मियाँले आपत्ती जनाएका छन्।

उनी भन्छन्, ‘जसपा अब मधेशवादी दल रहेन, यो त कालो र गोरोको पार्टी भएको छ। अर्थात पहाडी र मधेशीको पार्टी बनेको छ। नत्र मधेशमा शोक मनाइरहँदा शुभकामना दिने र दिपावली गर्ने आँट गर्दैन्थे।’

मधेशी जनअधिकार फोरमले पनि संविधान दिवसको विरोधस्वरुप नेपालको संविधान २०७२ को प्रतिलिपी दहन गरेको छ। मधेशी जनअधिकार फोरमका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वमा पार्टीका नेता एवम् कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संविधानको प्रतिलिपी जलाएका हुन्।

एकातिर लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाइरहेको छ भने अर्काेतिर मधेशवादी दल मानिने जनता समाजवादी पार्टी (जसपा) ले शहिदको शालिकमा माल्यार्पण गरेर दिवस मनाएको छ। वीरगञ्जको घण्टाघरस्थित शहिद स्मारकमा स्थापित शहिदहरुका शालिकमा माल्यार्पण गरेर जसपाले संविधान दिवस मनाएको हो।

संविधान जारी भएकै दिन सहादत प्राप्त गरेका शहिद शत्रुघन पटेलको शालिकमा माल्यार्पण गर्नुका साथै १ मिनेट मौन धारण गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए। उनले भने, ‘हामी खुशी पनि छैनौ, दुःखी पनि छैनौ। संविधानका अधिकांश प्रावधानप्रति हाम्रो असहमती छँदैछ। तर पनि संविधान राज्यको मूल कानुन भएकाले मान्नुपर्ने बाध्यता छ।’

उनका अनुसार जसपाले निर्वाचन प्रणालीमा पनि असहमति जनाएको छ। प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री एवम् राष्ट्रपति हुनुपर्ने माग पनि जसपाले राखेको उनले बताए। नागरिकताको सवालमा पनि अहिलेसम्म सहमती हुन नसकेको स्मरण गर्दै उनले संविधानलाई पालना गर्दै असहमति भएका सवाललाई पुर्नलेखन अर्थात संशोधन गराउनुपर्ने अहमदले बताए।

ab mall