सिरहा, २ असोज। सातादिनमैं चार जनाले आत्महत्या गरेपछि प्रहरीले आइतबार सदरमुकाम सिरहा बजारमा जनचेतनामूलक ¥याली प्रदर्शन गरेको छ।
जिल्ला प्रहरी कार्यालय परिसरबाट विद्यार्थी, अधिकारकर्मी, सञ्चारकर्मीसहित विभिन्न संघसंस्थाका प्रतिनिधी सम्मिलित ¥यालीले सिरहा बजार परिक्रमा गरी नगरपालिकाको हलमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो।
¥यालीमा स्कुले बालबालिकाले ‘मृत्यु रोजेर समाधान खोज्ने होइन जीवनभित्रै उज्यालोको खोजी गरौं,’ ‘निराशावादी सोच परित्या गरौं, सकारात्मक सोचको विकास गरौं,’ ‘समस्याबाट भाग्ने होइन, समाधान गर्नुहोस, समाधान खोज्नुहोस’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर सदरमुकाम परिक्रमा गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा सिरहाका एसपी अर्जुन तिमिल्सिनाले स्कुले बालबालिकाहरु चेतनाका संवाहक भएकाले उनीहरुले नै घरपरिवार, टोल, समाजमा जनचेतना जगाउन सक्ने भएकाले सहभागिता गराइएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार गतवर्ष झुन्डिएर र विषसेवन गरी १८९ जनाले आत्महत्या गरे । यो अहिलेसम्मकै उच्च दर हो । ती मध्ये महिला ८६, पुरुष ७१, बालक ८ र २४ बालिकाले आत्महत्या गरेका छन्। सिरहामा आर्थिक वर्ष २०७६÷७७ मा १४४ र २०७७÷७८ मा १४४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्या’ घट्नामा वृद्धि हुनुमा ‘मानसिक तनाव,’ र ‘घरेलु हिंसा’ मुख्य कारक मानिएको छ।
जीवनप्रति चरम वितृष्णा, अपूर्ण मनहरुले मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा ‘आत्महत्या’ तहमा पुग्नु र युवापुस्तामा पछिल्लो पटक सामाजिक सञ्जालका गलत प्रभावले पनि ‘आत्महत्या’ गर्नेदर बढेको ठम्याइँ छ।
कार्यक्रममा एसपी तिमिल्सिनाले बाँच्नका लागि त्यसमा पनि सुख र मस्तीपूर्वक बाँच्नका लगि मानिसले प्रसिद्धि, पैसा लगायत सुख खोज्ने मानवीय स्वभावले उब्जाउने दु ःख र विषादले गर्दापनि मानिस आत्महत्याको तहसम्म पुग्ने गरेको बताए। आत्महत्या न्यूनिकरणका लागि पनि समाजमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेकाले जिल्ला प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको साझेदारीमा यस्तो कार्यक्रमको सुरुवा त गरिएको जानकारी दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा विद्यार्थीहरुले आत्महत्याबाट बच्ने उपायहरुबारे आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।