वीरगञ्ज, २ असोज। पर्सामा सत्तागठवन्धनको सिट बाँटफाँट झन–झन पेचिलो बन्दै गएको छ। गठबन्धनका प्रमुख दलमध्येय नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) दुवै दल आ–आफ्नो अडानबाट पछि नहटेपछि पर्सा जिल्लामा सिट बाँठफाँटको विषय पेचिलो बन्दै गएको हो।

untitled-1-copy 1

जसका कारण सत्ता गठबन्धन सिट बाँडफाँटको सकसका कारण गठबन्धन टिकाउ होला कि देखावटी भन्ने कौतुहलताको विषय बनेको छ।

पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको सिट कसले लिने भन्ने प्रश्नको जवाफमा पर्साबासी व्यग्र प्रतिक्षामा छन्।

अधिकांश स्थानमा सिट बाँडफाँट अनौपचारिक रुपमै टुंगो लागे पनि पर्सामा कांग्रेस र जसपाको दाबीले विषयलाई झनै दर्बीलो बनाएको छ। मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्जको मुख्य क्षेत्र समेटिएको क्षेत्र नं. १ को सिट बाँडफाँट निकै रोचक हुने अनुमान लगाउन सकिन्छ।

यसै क्षेत्रबाट नेपाली कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका जसपाका प्रदीप यादव हाल वन तथा वातावरण मन्त्री छन्। यसअघि पनि साबिकको फोरम हालको जसपाले नै जितेको हुँदा यसपाली पनि जसपाले नै टिकट पाउनुपर्ने यादवको अडान छ। काँग्रेस भने स्थानीय तहमा निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर जसपालाई दिएकाले प्रतिनिधि सभामा आफुले पाउनुपर्ने दावी छ।

नेपाली कांग्रेसबाट संविधानसभा सदस्य अनिल रुंगटा र निवर्तमान जिल्ला सभापति अजयकुमार द्विवेदी प्रवल आकांक्षीको रुपमा अगाडि आएका छन्।

yamaha 2 333

प्रधामन्त्रीसमेत रहेका कांग्रेस सभापति निकट मानिने रुंगटाले २०७४ सालको निर्वाचनमा १६ जार ४ सय ८१ मत पाएका थिए भने फोरमबाट यादवले २१ हजार १ सय ३२ मत प्राप्त गर्दै विजयी भएका थिए।

अघिल्लो चुनावमा हारेकै कारण यसपटक रुंगटालाई नदिएर यस पटक जसरी पनि गठबन्धनबाट टीकट लिएर जित आफ्नो पक्षमा निकाल्ने दाउ द्विवेदीको छ। टिकट नपाए अन्य दलमा गएर भएपनि अथवा स्वतन्त्रबाट भएपनि चुनाव लड्ने द्विवेदीको मनस्थिती बनाएको बताइन्छ। अन्यथा पार्टीले उनकी श्रीमती डा. सुष्मा तिवारी द्विवेदीलाई समानुपातिकबाट सांसद बनाए पछि हट्न सक्ने उनी निकटहरुको भनाई छ।

अघिल्लो चुनावमा मधेसवादी गठबन्धनले चारै क्षेत्रमा जित हात पारेको हुँदा यसपटक जसपाले पर्साका चारै निर्वाचन क्षेत्रमा दाबी गरिरहेको छ।

कांग्रेसले भने वीरगञ्ज महानगरका क्षेत्र समेटिएको १, २ सँगै क्षेत्र नम्बर ४ मा दाबी गरेको छ भने क्षेत्र नम्बर ३ जसपालाई छोड्न सहमत भएको छ।

क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया र राजेन्द्रबहादुर अमात्य उम्मेदवारका बलिया आकांक्षी भएपनि यी दुईबीचको तानातान सतहमा आउँदा अन्यौल देखिएको छ। दुवैले आआफ्ना गुटबाट एकल नाम सिफारिस गराउँदा उनीहरुबिचको विवाद सतहमा आएको हो भने यसबाट स्वयम कांग्रेसलाई नै क्षति हुने निश्चित छ।

पर्सा क्षेत्र नं. ४ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मधेश प्रदेश संयोजक रमेश रिजाल उभिएका छन्। कांग्रेसले उनलाई उम्मेदवारको रुपमा उभ्याउने निश्चित छ। अघिल्लो पटक मधेसवादी गठबन्धनकातर्फबाट लक्ष्मणलाल कर्णले जितेका थिए। तर नेकपा माओवादी केन्द्रले पनि क्षेत्र नम्बर ४ पाउनुपर्ने अडान कायम राखेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्।

yamaha ab