फाईल फोटो।
काठमाडौं, १ असोज। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधि अधिकतम प्रयोगले देशलाई समाजवादतिर लैजाने बचाएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताएका हुन्।

उनले विज्ञान प्रविधिलाई राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उनको दाबी रहेको थियो। उनले बोल्दै भन्े ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो।’
उनले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताए। अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यमा अघि बढाउने गरी आत्मसाथ गरेको अध्यक्ष दहालको भनाई रहेको छ।
उनले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताए।























