जनकपुर, ३१ भाद्र। धनुषा प्रहरीले आफ्नै आमाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ। जिल्लाको सबैला नगरपालिका ५ मखनाहाका २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



                    
                            
                                                            


        
        
        















