सिरहा, ३० भाद्र। जिल्ला प्रशासन कार्यालय सिरहाले अव जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने भएको छ। जिल्ला प्रशासन कर्यालयमा सेवाग्राहिको भिड अत्यधिक लाग्ने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरी अजोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो।
जिल्ला प्रमुख अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भईरहेको भएपनि सेवाग्राहीको भिडभाड तथा असुविधालाई मध्यनगर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट यस जिल्लाको १७ वर्टै पालिकाहरुमा स्टेशन खडा गरी परिचय पत्र बनाउने उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचनामा परिचयपत्र बनाउन बाँकी रहेका सिरहावासिलाई असोज २ गते आईतबारबाट आ–आफ्नै पालिकामा सम्पर्क गर्न जानकारी गराइएको छ।