पेस्तोलको गोली र लागुऔषधसहित दुई युवक पक्राउ

    • भदौ २८, २०७९
    • ३८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २८ भाद्र। सिरहा प्रहरीले लागुऔषध र पेस्तोलमा लाग्ने गोली सहित दुई युवकलाई पक्राउ गरेका छन्। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाको महेशबारी चोकबाट प्रहरीले प्रतिवन्धित लागुऔषध एक सय एमएलको एक बोतल डाइलेक्स डिसी, एक थान नौ एमएमको पेस्तोलको गोली, २८ थान नाइट्राभेट, ३८ थान स्पास्मो प्रोक्सिभोनसहित उदयपुरको त्रियुगा नगरपालिका ४ का ४१ वर्षीय ध्रुव बुढाथोकी र सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ घर भई लहान नगरपालिका ५ बस्ने २५ वर्षीय अब्दुल मरासिकीलाई पक्राउ गरेका हुन्।

    untitled-1-copy 1

    पक्राउ गरिएका बुढाथोकी र मरासिकीलाई लागुऔषध, खरखजाना मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको सिराहा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    सखुवानान्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा स ११ प ५७२७ नम्बरको मोटरसाइकल चढेका बुढाथोकी र मरासिकीको साथबाट प्रतिबन्धित लागुऔषध र पेस्तोलको गोली बरामद गरेको हो। नगद नौ हजार रुपैयाँ र तीन थान चेक, दुई थान मोबाइल, तीन थान बिलबुक, एक थान स्कारपियोको साँचोलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लहानस्थित इलाका प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको छ।

    ab mall

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    तराईमा पाँच दिनसम्म ...

    सिरहा, १० बैशाख। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम ...

    गोलबजारमा विशेषज्ञ स ...

    सिरहा, ९ बैशाख। मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार य ...

    दलीय राजनीतिमा सक्रि ...

    काठमाडौ, ९ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल