मिर्चैयामा बजाज म्यालेज च्याम्पीयन प्रतियोगिता हुदै

    • भदौ २७, २०७९
    • ५९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ भाद्र। सिरहाको मिर्चैयामा बजाज म्यालेज च्याम्पीयन प्रतियोगिता हुने भएको छ। मिर्चैयाका लागि बजाज मोटरसाइकलका आधाकारीक विक्रेता गुप्ता ब्रदर्श अटो ट्रेडर्सको आयोजनामा घुर्मिबजारमा रहेको फूटवल मैदानमा भोली २८ गते हुने बजाज म्यालेज च्याम्पीयनमा सहभागी हुन आयोजकले आव्हान गरेको छ।

    untitled-1-copy 1

    प्रतियोगिता विहान १० बजेबाट सुरु हुने आयोजकले बताउको छ।प्रतियोगितामा ६० जना सहभागी हुने आज पत्रकार सम्मेलन गरी जनाएको छ।

    प्रतियोगितामा सवैभन्दा कम तेल खर्च गरि सवैभन्दा धेरै मोटरसाइकल कुदाउने प्रतियोगिमध्येय ३ जनालाई नगद र ट्रफि प्रदान गरिने गुप्ता ब्रदर्शका संचालक राजु गुप्ताले जानकारी दिए। उनले प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, दोस्रो र तेस्रोत हुनेलाई क्रमशः ६ र ३ हजार नगद सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ।

    ६० जना प्रतियोगिहरुलाई तेलसहितको मोटरसाइकल चलाउने र कम तेलमा बढी माईलेज दिने प्रतियोगिहरुलाई पुरस्कृत गरिने जनाएको छ ।

    पेट्रोलको मूल्य वृद्धिले सास्ती खेपीरहेका ग्राहकको मर्का बुझेरै कम्पनीले नयाँ नयाँ प्रतिविधिको प्रयोग गर्दै कम तेल खर्चगर्ने मोटरसाइकल बनाएको बजाज कम्पनीका प्रतिनिधी सुधिर पाण्डले जानकारी दिए।

    कम्पनीले मोटरसाइकल प्रचार र ग्राहाकको थप विश्वास आर्जनको लागि प्रतियोगिता आयोजना गरेको बताइएको छ।

    ब्रदर्शका संचालन गुप्ताले अझैपनि बजाज कम्पनीको १२५ सीसीको डिसकभर मोटरसाइलकमा विभिन्न प्रविधिको प्रयोग गरी एभरेज म्यालेजदिने बनाएको बताए। उनले अहिले पनि बजाजको विक्रिहुने मोटरसाइकलको ४० प्रतिशत १२५ सीसीको डिसकभर विक्रिहुजे जनाए।

    ab mall

     

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल