वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम शुरु, निशूल्क ल्याबसहित भिडियो एक्सरे र औषधी वितरण

    • भदौ २६, २०७९
    • २०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २६ भाद्र। वीरगञ्जस्थित नारायणी अस्पताल वीरगञ्ज बासी तथा पर्सा जिल्लाका लागि मात्रै नभएर बारा, रौतहट, सर्लाहीसँगै छिमेकी राष्ट्र भारतका सीमावर्ती शहरमा बस्नेहरुको पनि साझा अस्पताल बनेको छ।

    untitled-1-copy 1

    हाल वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा स्वास्थ्य चौकी भएपनि स्वास्थ्य परीक्षण तथा चेकजाँचका लागि नारायणी अस्पताल र निजी मेडिकलहरुमै जाने प्रचलन देखिन्छ। त्यही प्रचलनलाई अन्त्य गरेर आफु बस्ने ठाउँ नजिकैको स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा दिलाउने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सपना विपनामा बदलिने भएको छ।

    मेयर सिंहले आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साबाट ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’को शुरुवात गरेका छन्। निर्वाचनताका सार्वजनिक घोषणा पत्रमा गरिएको प्रतिबद्धताबमोजिम मेयर सिंहले जनताको घरघरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम शुभारम्भ गरेका हुन्। लालपर्सा स्वास्थ्य चौकीमा आइतवार एक कार्यक्रमका बिच मेयर सिंहले मेयर घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन गरेका हुन्।

    मेयर घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले यो कुनै एक दिनको शिविर नभएर वडाका सबैको स्वास्थ्य परीक्षण नगर्दासम्म जारी रहने जानकारी दिए। उनले भने, “यो कुनै एकदिनको शिविर हैन, वडाका सबैको स्वास्थ्य परीक्षण भएपछि मात्रै अर्काे वडामा जाने हो। त्यसैले ढुक्क भएर निःशूल्क रुपमा चेकजाँच गरेर स्वस्थ रहनुहोस्।” कतिपय चिकित्सकले चेकजाँच गराउन आउनेसँग रुखो व्यावहार गर्ने गरेको बताउँदै उनले बोलेरै आधा रोग निको हुने गरी नम्र अनि सभ्य व्यावहार गर्न पनि चिकित्सकहरुलाई निर्देशन दिएका छन्। कुनै दलविशेषका लागि मात्रै नभएर सम्पुर्ण जनताको स्वास्थ्य परीक्षण गरिने मेयर सिंहले बताए। वीरगञ्जबासी स्वस्थ र निरोग रहुन् भन्ने अभिप्रायले घर दैलोमै पुगेर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको सिंहको भनाई छ।

    yamaha 2 333

    ३ वटा एम्बुलेन्समार्फत एमबिबिएस चिकित्सकसहित स्वास्थ्यकर्मी एवम् ल्याब टेक्निसियनहरुको २५ जनाको टोलीले स्वास्थ्य परीक्षण गर्नेछ।

    जसअन्र्तगत जेनरल परीक्षण, गर्भवति महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवति महिलाको लागि भिडियो एक्सरे, ईसिजी सेवासहित निःशूल्क रुपमा औषधीसमेत वितरण गरिने वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले जानकारी दिए ।

    जैसवालका अनुसार मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा ९८ प्रकारका औषधीसँगै रक्तचाप, मधुमेह, थाइ¥वाइड लगायतका औषधी निःशूल्क रुपमा वितरण गरिनेछ ।

    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सस्तो लोकप्रियताका लागि नभएर प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि मेयर घर दैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताए। यो कार्यक्रम ७ सय ५३ वटै स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताउँदै उनले यसबाट ग्रामिण क्षेत्रका बासिन्दा लाभान्वित हुने बिश्वास व्यक्त गरे।

    yamaha ab

    यसअघि बिरामी पर्दा वीरगञ्जको नारायणी अस्पताल जानुपर्ने बाध्यता रहँदा दिनभरीको समय पनि बर्बाद हुने गरेको स्मरण गर्दै लालपर्साका ७३ वर्षीय लालबहादुर यादवले गाउँमै स्वास्थ्य चेकजाँच गराउन पाउँदा खुशी भएको सुनाए।

    आइतवारदेखि शुरु भएको कार्यक्रम ५ दिनसम्म चल्नेछ भने शुक्रवार र शनिवार चिकित्सकसहित त्यस कार्यक्रममा खटिएकाहरुले आराम गरेर पुनः अरु दिनको लागि सामाग्री एवम् स्वास्थ्य उपकरणसहित औषधीको जोहो गरेर अर्काे आइतवारदेखि फेरी अर्काे वडामा सञ्चालन गरिने महानगरपालिकाको योजना छ।

    ab mall

     

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल