वीरगञ्ज, २४ भाद्र। पर्सा प्रहरीले भारीमात्रामा प्रतिवन्धित लागु लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिउको छ । जिल्लाको ग्रामीण नाका ठोरीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ४७४ बोतल प्रतिबन्धित लागु औषध सहित ठोरी गाउँपालिका २ का ३० वर्षीय युवक रवीन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको हो।

yamaha bg

इलाका प्रहरी कार्यालय ठोरीको प्रहरी गस्ती टोलीले कोडीवेल कफ सिरफ १०० एमएलको ४७४ बोतलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार भारतको भिखनाठोरीबाट ठोरी गाउँपालिकाको सुन्दरबस्तीतर्फ आउँदै गरेका साहले बोकेको जुटको बोराबाट प्रहरीले प्रतिबन्धित कफ सिरफ बरामद गरेको जानकारी दिए।
साह उपर लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

ab mall