रौतहट, २४ भाद्र। रौतहट प्रहरीले स्रोत नखुलेको करिव पाँचलाख नगद सहित एक भारतिय पक्राउ गरेको छ। गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको ४ लाख ९५ हजार रुपैयाँ सहित भारत बिहार सितामढी नगरपंचायत बैरगनियाँ १ पटेल टोलाका ४५ वर्षीय लक्ष्मी कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

yamaha ab

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको छ। पक्राउ परेका रकम सहित उनलाई भन्सार कार्यालय पठाइएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Untitled-1 copy