भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको प्रति वीरगञ्जका व्यसायीको आपत्ती

    • भदौ २४, २०७९
    • २०५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २४ भदौ। वीरगञ्जका उद्योगी व्यवसायीले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने भारतको निर्णयप्रति आपत्ती जनाएका छन्।

    भारत सरकारको खाद्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयअन्र्तगतको राजस्व विभागले शुक्रवारदेखि लागु हुने गरी धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगञ्जका व्यवसायीहरुले विरोध गरेका हुन्।

    yamaha ab

    यसअघि भारतबाट हुने धान र चामल निर्यातमा भन्सार कर नलाग्ने गरेकोमा शुक्रवारदेखि कार्यन्वयन हुने गरी लगाइएको करको वीरगञ्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर विरोध आपत्ती जनाएको जानकारी गराएका हुन्।

    धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा नेपालमा खाद्यान्नको महङ्गी अँझै बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए।

    yamaha bg

    भारत सरकारको कर लगाउने निर्णय फिर्ता गर्नका लागि नेपाल सरकारले पहल गर्नुपर्ने डा. गुप्ताको माग छ।

    धान र चामल निर्यातमा भारतले २० प्रतिशत कर लगाउँदा नेपालमा महङ्गी बढ्नुका साथै नेपाल सरकारको राजस्व संकलनमा पनि कमी आउने नेपाल दाल, चामल तथा तेल संघका अध्यक्षसमेत रहेका डा. गुप्ताको भनाई छ। उनले भने, ‘भारत सरकारलाई यो निर्णय तत्काल फिर्ता गर्नका लागि नेपाल सरकारले पहल गर्न आवश्यक छ। अन्यथा यहाँका चामल उद्योगहरु धराशायी अवस्थामा मात्रै पुग्दैनन्, नेपालमा खाद्यान्न संकटको अवस्था पनि नआउला भन्न सकिन्न।’

    Untitled-1 copy

    २० प्रतिशत कर लागु गर्नु यहाँका व्यवसायीको मात्रै समस्या नभएर सिंगो देशको समस्या भएको पनि डा. गुप्ताले बताए। देशभर साना ठूला गरि करिब २ हजार ५ सय चामल उद्योगमध्ये बारा पर्सा औद्योगिक करीडोरमा मात्रै झण्डै ७ सय भन्दा बढि चामल उद्योग रहेको पनि उनले जानकारी गराए।

    नेपाल सरकारको गलत नीतिका कारण अहिले पनि नेपालका ५० प्रतिशत चामल उद्योग बन्द रहेको बताउँदै उनले तत्काल चामल उद्योगीहरुको समस्या समाधानका लागि पहल चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

    स्वदेशमै उत्पादन हुने धान र चामलले नपुगेर भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए। उनका अनुसार भारतबाट वार्षिक करिब १७ लाख मेट्रिक टन धान आयात हुने गरेको छ।

    भारत सरकारले शुक्रबार देखि लागु हुने गरि कनिकाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले पनि यहाँका उद्योगी एवम् व्यवसायी समस्यामा परेको गुप्ताको भनाई छ । उनले भने, ‘कनिका निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाउँदा त्यसको प्रत्यक्ष प्रभाव यहाँका बियर, ह्वीस्की लगायतका मदिरा र पशु दाना उत्पादन गर्ने उद्योगहरुमा पर्दछ । यसले यी उद्योगहरु बन्द हुने अवस्थामा पनि पुग्न सक्छन् ।’

    आइतवार काठमाडौं पुगेर संघमार्फत प्रधानमन्त्री, अर्थ मन्त्री, उद्योग मन्त्री, भारतीय राजदूत लगायतलाई भेटेर यो निर्णय फिर्ता लिन माग गर्ने पनि डा. गुप्ताले जानकारी दिए।

    पत्रकार सम्मेलनमा संघका उपाध्यक्षद्वय हरि गौतम, माधव रााजपाल, पूर्व अध्यक्ष प्रदीप केडिया लगायतका उद्योगी एवम् व्यवसायीहरुको उपस्थिती रहेको थियो।

    ab mall

    सन्दीपमाथि लगाइएको क ...

    काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर ...

    सिरहाबाट ब्राउनसुगरस ...

    सिरहा, २ जेठ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब् ...

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल