डेङ्गु नियन्त्रणमा खटिए जनप्रतिनिधी र कर्मचारी

    • भदौ २३, २०७९
    • ३९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ भाद्र। सिरहाको गोलबजार नगरपालीकामा डेङ्गु प्रभावित विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्।

    yamaha ab

    डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हुन्।

    yamaha bg

    गोलबजार नगरपालीकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधी, कर्मचारी, स्थानीय व्यसायी तथा समाजसेवीहरुलाई डेङ्गु नियन्त्रण अभियनमा सघाउन अनुरोध गरे। उनले जनप्रतिनिधी र कर्मचारीबाटमात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसका सवैको सहयोगको जरुरी रहेको बताए।

    थोरै पनि सावधानी अपनाउने हो भने डेङ्गु नियन्त्रण गर्न सजिलो हुने सन्देश दिन आफूहरु जनताको घरदैलोमा पुग्ने गरेको बताए। उनलेभने, ‘हामी पुग्ने मात्र हैन, डेङ्गु सार्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी र त्यसलाई नष्ट गर्ने तरीकाहरु बताउँदै छौं।’

    शहर तथा बजार क्षेत्रमा यसको बढी प्रकोप देखिएको हुँदा नगरले बजार क्षेत्रलाई प्राथमिकतामा राखेर अभियान चलाएको जानकारी दिए।

    यो अधिमा व्यक्तिका घर, पसल तथा ग्यारेजहरुमा पुगेर डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजेर तीनका लार्भा नष्ट गर्ने काम गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले जानकारी दिए। उनले डेङ्गुको वासस्थानरहेका ठाउँहरुको पहिचान गरी त्यस्ता थाउँलाई सफा राख्न वा सफा गर्न नसकिने अवस्था रहे त्यहाँ डिजेल, मट्टितेल वा डढेको मोविल हाल्ने सल्लाह सुझाव दिएको बताए।

    गोलबजार मा अहिले सम्म १ जनामा डेङ्गु देखा परेको बताइएको छ।

    Untitled-1 copy

     

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल