काठमाडौं, २२ भाद्र। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिरको खतरा रहिरहने बताएको छ। आज काठमामाडौंमा अंखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजितविद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै क्रान्तिलाई टुङ्गोमा पुर्याउन माओवादी बलियो हुनैपर्ने बताएका हुन्।
‘युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु नआउँदासम्म देशले गति लिँदैन, सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ; प्रचण्डले भने, ‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएछु यसले जनताको बीचमा गएर गलत मान्यताहरुलाई विस्थापित गर्न विशेष पहल गर्नुपर्छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले थपे, ‘टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरेका छन्। जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं। अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं। त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ।’
कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी तपाईहरु नै हो, आशा भरोसा तपाईहरुमाथि छ, प्रचण्डले भने। उनले जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं; अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ ? अब समाजवादी क्रान्तिको महान अभियानमा बिद्यार्थीहरुले आफूलाई तम्तयार पार्न सक्नुपर्ने धारणा राखे। प्रचण्डले भने, ‘अहिले समाजमा विचार र सिद्धान्तको महत्व चलेको छ। क्रान्ति र निष्ठा स्खलित भएको भन्ने चर्चा चलेको छ।’