सिरहा, २२ भाद्र। आउँदो मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनमा नेकपा एमाले सिरहा क्षेत्र नम्वर  ३ बाट पार्टीका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज लिलानाथ श्रेष्ठ प्रतिनिधी सभाका लागि पार्टिले सर्वसम्मत सिफारिस गरेका छन् ।

yamaha ab

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्व मन्त्री समेत रहेका श्रेष्ठको नाम प्रतिनिधी सभाको लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटि अध्यक्ष दिपेन्द्र  यादब जानकारी दिए ।

क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सर्वसम्मतले सिफरिस गरिएको छ । ‘ख’ तर्फ तीन चारजनाको नाम आएकोहुँदा टुङ्याउने समय लाग्ने यादवले बताए।

yamaha bg

पार्टीले धेरैको नाम सिफारिसका कारण टुङ्गोमा पुग्न समय लाग्ने भनेपनि नवआगन्तुकहरुको लागि ठाउँ खाली राखेको चर्चा छ । निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ४ मा बसेको बैठकले प्रतिनिधी सभाको लागि २ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभाको लागि ‘क’ बाट ५ र ‘ख’ बाट ३ जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधी सभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवन कुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ ।

त्यसैगरी,प्रदेश ‘ख’को लागी जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनीधी सभा निर्वाचनका लागी सिरहा क्षेत्र नं. १ बाट रामशंकर यादव को नाम सिफरिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्र प्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, ईन्द्रनारायण चौधरी र प्रदीप कुमार चौधरी नाम सिफारीस गरिएको छ । त्यसैगरि क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागी नरेन्द्रराज पोखरेलको नाम सिफरिस गरिएको छ।

ab mall