सर्लाही, २१ भाद्र। सर्लाही प्रहरीले हरिवनबाट जुवाखेलीरहेकै अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरको छ। उनीहरुको साथमा रहेको करिव पौने तीन लाख नगरद समेत बरामद गरेको छ।

grinlyand 1

विशेष सूचनाका आधारमा पुगेका प्रहरीले हरिवन नगरपालिका २ चिसापानीमा छाप्रोमा जुवा खेलिरहेका बेला सोमबार दिउँसो एकै ठाउँबाट १२ जना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट २ लाख ७१ हजार ६ सय नेपाली र २७१ भारतीय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए।

उनीहरूले जुवातास खेलेको ठाउँबाट प्रहरीले ८ थान मोबाइल, इन्भटर, हुक्का, तास, कौडा, सहित सामान बरामद गरेको प्रहरीले जानकारी दिए।

पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर आवश्यक कारबाहीको प्रक्रियाअघि बढाइएको डीएसपी यादवले जानाए।

LMP-INDUSTRY_final_ProTech