बर्दिवास, २० भाद्र। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताएका छन्। महोत्तरीको खयरमारामा रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यास कार्यक्रमलाई समावोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उत्पादनमुखि शिक्षाले नै समाजवादको निर्माण गर्ने बताएका हुन्।
प्रचण्डले देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्ने भन्दै ७४ को निर्वाचनमा आफुहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने प्रतिवद्धतासहित घोषणापत्र बनाएको भएपनि त्यो व्यवहारमा लागु हुन नसकेको प्रस्ट्याएका छन्।
शिक्षा क्षेत्रमा सुधार नगरी समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने भन्दै उनलेउत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान जानुपर्ने बताए। उनलेसमाजवाद यात्राको चेतना नै शिक्षा भएकाले अब उत्पादन बृद्धिको अभियान,श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण आबस्यक भएको बताए।