सिरहा, १९ भाद्र। गोलबजार नगरपालिकाका मेयर मेयर श्याम कुमार श्रेष्ठले सवै क्षेत्र तथा समुदायको पहुँच वृद्धिको लागि आफूले बजेट विनियोजन गरेको बताए। दलित विकास मञ्च सिरहाद्वारा सञ्चालित ‘सवैकालागि समावेशि समुदाय’ परियोजनाको आईतबार उद्घाटन गर्दै मेयर श्रेष्ठले दलित, महिला, अपाङ्गता भएका समूदायको पहुच वृद्धिको लागि बजेट विनियोजन गरेको बताएको हो।
मेयर श्रेष्ठले आफूले नगरको सवैक्षेत्रको विकास जरुरी रहेको भन्दै अपाङ्गता भएकाहरुको विकासपनि जरुरी रहेको बताए। उनले भने, ‘पछाडि रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रम र वार्षिक बजेट छुटयाउछु, सवै मिलेर कार्यक्रम बनाऔं।’ उनले अपाङ्गता भएकाहरुको सवैखालका विकासको लागि आफू प्रतिबद्ध भएको बताए।
कार्यक्रममा विशिष्ट अतिथी गोलबजार नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले नगरपालिकाबाट अपाङ्गताभएको समुदायलेपाउने सेवा सुविधा सम्ँबन्धि कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नगरले अपाङ्गता भएकाहरुलाई दिने सवै सुविधाहरु सहज प्रवाह गर्ने जनाए।
कार्यक्रममा सीवीएम ग्लोवलका विमल पौडेलको समेत सहभागिता रहेको थियो।
सीवीएम ग्लोवलसँगको साझेदारीमा सञ्चालित ‘सवैकालागि समावेशि समुदाय’ परियोजनाबारे दलित विकास मञ्चका कार्यकारी अधिकृत संजय महराले जानकारी गराएका थिए। उनले आफूहरु स्थानीय तहसँगको समन्वयमा कार्यक्रम गर्न लागेको सुनाए।
संस्थाका अध्यक्ष रुणा कुमारी महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपमेयर, वडाअध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। परियोजना गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिकाका सवै वडाहरुमा सञ्चालिन हुने आयोजकले जनाएको छ।