जनकपुर, १८ भाद्र। मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन्। आउँदो मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधी सभामा लड्ने तयरी सहित आज उनले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।
राजनीनामा स्वीकृत भईसकेको समेत झाले जानकारी दिए। मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन्।
राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेद्वारी दिने भएको छ। आजै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ।
२०७४ को निर्वाचनमा महोत्तरी ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए।