मणिलाल विश्वकर्मा

भेलामा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिसहित अगुवा कार्यकर्ता गरी करिब चार सयजनाको उपस्थिति थियाे। सिराहा १ प्रतिनिधिसभा तथा प्रदेश सभा ‘क’ र ‘ख’का लागि प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारको नाम टुंग्याएपछि अन्त्यतिर माइन्युट गर्नुपर्ने विषयमा विवाद भएको जिल्ला सदस्य त्रिपतलाल यादवले बताए।

क्षेत्रीय सभापतिले राति पनि भइसकेकाले सहभागीहरूले टिपाएको नामअनुसार क्षेत्रीय कार्यसमितिले अर्को दिन माइन्युट गरी जिल्ला कार्यसमितिमा उम्मेदवारहरूको नामावली पठाउँछौँ भनेपछि उपस्थित केहीले तत्काल गर्नुपर्ने भन्दै होहल्ला गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो।
1 copy
 

क्षेत्रीय सभापति चौधरीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री पदमनारायण चौधरीसहित ६ जनाको नाम टुंगिएको बताएपछि पदमनारायणपक्षीय केही कार्यकर्ताले उनको एकल नाम पठाइनुपर्ने भन्दै होहल्ला गरेका थिए। ‘क्षेत्रीय कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अगुवा कार्यकर्ताहरूले ६ जनाको नाम टुंग्याएकाले त्यसमा फेरबदल हुन सक्दैन भनेँ,’  उनले भने ‘त्यही विषयमा विवाद भएको हो।’

प्रतिनिधिसभामा जिल्ला सभापतिसहित ६ जना
क्षेत्रीय भेलाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ पद्मनारायणसहित जिल्ला सभापति रामचन्द्र यादव, उपसभापति सुनील महतो, अशोक मिश्रा, मो. आसिन (भोजे मियाँ), रामगणेश दास तथा समानुपातिकतर्फ सूर्यनारायण यादव, उषा राउत मिश्र, शोभानन्द चौधरीको नाम टुंग्याएको सभापति चौधरीले जानकारी दिए।

त्यस्तै, प्रदेश सभा १ ‘क’का लागि प्रत्यक्षतर्फ फुलेश्वर महतो, सन्तोष उपाध्याय, अच्मितलाल चौधरी, रामसुन्दर चौधरी तथा समानुपातिकतर्फ अरुण केसी, पुनम चौधरी, शर्मिला पोखरेल, परमेश्वर साह, नमोनारायण झा, हनिफ मियाँ र रुवी प्रवीणको नाम टुंग्याएको उनले बताए।

प्रदेश सभा १ ‘ख’का लागि प्रत्यक्षतर्फ देवनाथ यादव, नवलकिशोर यादव, कन्हैया गुप्ता तथा समानुपातिकतर्फ विष्णु गुप्ता बनियाँ, श्रीचन पासवान र इन्दु यादवको नाम टुंग्याएको बताइएको छ।

नयाँपत्रिकाबाट।

ab mall