सुर्खेत, १७ भाद्र। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन्। आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन्। प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए। गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए।
उनले एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा जान्छौं उनले भने ।प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको बताउंदैकेही समयभित्रै पार्टी एकता संयोजन समिति बन्ने बताए। तरचुनावमा घोषणापत्र एउटै भएपनिचुनाव चिन्ह भने आ–आफ्नै हुने बताएका छन्।