काठमाडौं, १६ भाद्र। अर्थमन्त्री जनार्दन शर्मालेबिमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आबस्यक रहेको बताएका छन्। सुर्खेतमा आज बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिएका छन्।
कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेको भन्दै उनले बिमाको सेवा विस्तार गर्न आग्रह गरेका छन् ।नयाँ विधेयकमा सरकारले बिमा प्राधिकरण, बिमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको बताए।
बिमा सेवा सहर–बजारमामात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उनको भनाइ थियो ।बिमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो आफुले सुनेको भन्दै उनले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिएका छन् ।
लघुवित्तमार्फतसहुलियतपूर्णऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्रि शर्माले बिमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताए । बिमा समितिले बिमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बिमा साक्षरता, बिमक बिमितका समस्या समाधान गर्न उनले आग्रह गरेका छन्।