सिरहा नगरपालिकाको छैठौँ नगरसभा सम्पन्न, ९० करोडभन्दा बढीको बजेट सार्वजनिक

    • भदौ १६, २०७९
    • ३६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ भदौ। आन्तरिक विवादका कारण ढिलोगरी सम्पन्न सिरहा नगरपालिकाको छैठौं नगरसभाले ९० करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख डाक्टर नविन यादवको अध्यक्षतामा बुधबार सम्पनन नगरसभाले आर्थिक वर्ष ०७९/८० को लागि ९० करोड ३८ लाख ६३ हजारको बजेट सार्वजनिक गरेको हो।

    LMP-INDUSTRY_final_ProTech

    नगर सभाले बजेटको चालु खर्च तर्फ २० करोड १३ लाख ७० हजार, समपुरक कोष अन्तर्गत २ करोड, मर्मत सम्भार कोष अन्तर्गत ५० लाख, वातावरण कोष अन्तर्गत १५ लाख, प्रकोप व्यवस्थापन कोष अन्तर्गत ५० लाख रुपैयाँ विनियोजन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले जानकारी दिए।

    mount school 333

    सशर्त अनुदान चालु तर्फ ४३ करोड ३४ लाख, विशेष अनुदान चालु ६८ लाख रुपैयाँ नगरसभाले विनियोजन गरेको छ । विषयगत शाखा अन्तर्गत शिक्षामा ७० लाख, स्वास्थ्यमा २५ लाख, कृषिमा २५ लाख, पशुमा २५ लाख, महिला तथा जेष्ठ नागरिक १० लाख, न्यायिक समितिका लागि १० लाख, खेलकुद विकास तर्फ २५ लाख रुपौयाँ विनियोजन गरिएको छ ।

    त्यसैगरी, पुँजिगत तथा अन्यमा सलहेश मन्दिर निर्माण ५० लाख, वडास्तरीय योजनाहरुका लागि प्रत्येक वडाकालागि ७५ लाखको गरी १६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। नगर सभाले कार्यपालिका सदस्याहरुको योजनाहरुका लागि कुल ८० लाख, नगरस्तरीय योजनाहरुका लागि २ करोड ४७ लाख ९३ हजार विनियोजन गरिएको छ।

    नगरसभाले शिक्षा र स्वास्थयजस्तो महत्वपूर्ण क्षेत्रमा न्यून बजेट छुट्याएको स्थानीय बुद्धिजीविहरुले प्रतिकृया दिएका छन्। उनीहरुले नगरक्षेत्रको सामुदायीक शिक्षा अत्यन्त कमजोर रहेको बताउँदै त्यसको सुधारको बलियो योजना र बजेट तर्जुमा हुन नसकेको प्रतिकृया दिए।

    आन्तरिक विवादका कारण असार १० गतेभित्रै सम्पन्न गर्नुपर्ने नगरसभा हुन सकेको थिएन। वडाअध्यक्षहरु र नगर प्रमुविच विभिन्न विषयमा मत्तान्तर भएकाले नगरसमा समयमा हुन सकेको थिएन।

    नगरसभामा नगरप्रमुख यादवले सवैको सहमती र चाहाना अनुसारै बजेट बजेट विनियोजन भएको बताए। उनले वडाअध्यक्षहरुलाई शिक्षा, स्वास्थ्य र भौतिक निर्माण कार्य जनताका हितमा गर्नुपर्ने बेला भएकाले सवैको सहकार्य आवश्यक रहेको बताए।

    choharwa mabi

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    आफ्नो आवज सरकारसम्म ...

    सिरहा, १ जेठ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृक ...

    सिरहामा हतियारसहित ...

    सिरहा, १ जेठ। सिरहामा गएराती हतियारसहित आएका लुटेरा समु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल