कालोबजारी गरेको आरोपमा चामल व्यवसायी पक्राउ

    • भदौ १५, २०७९
    • २९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, १५ भाद्र। रौतहट प्रहरीले चामलको कालोबजारी गरेको आरोपमा एक भारतीय व्यवसायीलाई पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालिका १ मा चामल पसल गरी बस्ने भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

    1 copy

    गुप्ताले इन्डियन ब्रान्डको बोरामा स्थानीय चामल प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए।

    ‘इन्डियन ब्रान्डेड बोरामा कमसल चामल भरिरहेको अवस्थामा उनलाई पक्राउ गरेका प्रहरीको भनाईय रहेको छ। डीएसपी मल्लका उनको गोदामबाट प्याकिङ गर्न ठिक्क पारिएको खुला चामल ५० बोरा, प्याकिङ गरिएको चामल २९२ बोरा, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद गरीएको छ।

    गुप्ताले सञ्चालन गरिरहेको चामल पसल, गोदाम सबैमा प्रहरीले सिलबन्दी गरेको छ।

    गुप्तालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी मल्लले जानकारी दिए।

    ab mall

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    आफ्नो आवज सरकारसम्म ...

    सिरहा, १ जेठ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृक ...

    सिरहामा हतियारसहित ...

    सिरहा, १ जेठ। सिरहामा गएराती हतियारसहित आएका लुटेरा समु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल