फिरोज मियाँ मृत्यु प्रकरण : क्षतिपुर्ती र कारवाहीको माग गर्दै आफन्त आन्दोलित, चिकित्सक संघ डा.को बचाउमा

    • भदौ १४, २०७९
    • १८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १४ भाद्र। पर्साको छिपहरमाई गाउँपालिका २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँको मृत्यु भएको एक साता बित्यो। पित्तथैलीको पत्थरीका कारण असहज अवस्था भएपछि साउन २६ गते वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका मियाँलाई भदौ ५ गते राति काठमाडांैको मेडिसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

    LMP-INDUSTRY_final_ProTech

    मियाँले संसार छोडिसकेपनि यो विषयले भने वीरगञ्जको माहोल झनै गर्माएको छ। एकातिर मृतक मियाँका आफन्तको आन्दोलन र अर्काेतर्फ नेपाल चिकित्सक संघ पर्साको स्पष्टीकरण। मृतक मियाँका आफन्तले निरन्तर रुपमा अस्पताल र शल्यक्रिया गर्ने चिकित्सकलाई कारवाही गरेर न्याय दिलाउनुपर्ने माग गरेर विरोध जनाइरहेका छन्; भने अर्काेतर्फ नेपाल चिकित्सक संघ पर्साले चिकित्सकको गल्ती नभएको दावी गर्दै आएको छ।

    mount school 333

    चिकित्सकले लापरवाही गरेको दावी

    शल्यक्रिया गर्ने जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीकै लापरवाहीका कारण भाई गुमाउनु परेको मृतक फिरोजका दाई मम्ताज अंसारीको दावी छ। उनका अनुसार वीरगञ्ज हेल्थ केयरमा साउन २६ गते उपचारका लागि फिरोजलाई भर्ना गरिएको थियो। २७ गत्ते शल्यक्रिया गरियो।

    २८ गते पुनः शल्यक्रिया गरियो। बिरामीको अवस्था चिन्ताजनक भएर डाक्टरसँग सोधपुछ गर्दा सामान्य हो, आत्तिनु पर्दैन सब ठीक छ भनेर डा. अन्सारीले प्रतिक्रिया दिएको मम्ताजको भनाई छ।

    पहिलो पटककै शल्यक्रिया गर्दा पित्त थैली भित्रै फोड्नुका साथै ३ वटा नशा काटिएको मृतकका आफन्तको दावी छ। पत्थरी जस्तो सामान्य रोगमा २ पटक शल्यक्रिया गर्दा नै आशंका उत्पन्न भएर सोधपुछ गर्दा डा. अन्सारीले कुनै गम्भिर छैन भनेर पन्छिएको निजका दाईले बताए। शल्यक्रिया गर्ने थिएटरबाट निकाल्ने बित्तिकै भेन्टिलेटरमा राखेपछि झनै सशंकित भएको मम्ताज बताउँछन्।

    २९ गते बेलुकासम्म पनि ठीक भइहाल्छ भनेर आश्वस्त पार्ने डाक्टरले सोही राति बोलाएर काठमाडांै लैजान भनेपछि आक्रोशित भएको बिरामीका आफन्तको भनाई छ। ३० गते बिहान हेलिकप्टरमार्फत काठमाडांै लिएर मेडिसिटी हस्पिटलमा फिरोजलाई भर्ना गरियो। त्याहाँ ५ दिनसम्म राख्दा पनि कुनै सुधार देखिएन। ५ गते राति चिकित्सकले मृत घोषणा गरे।

    1 copy

    न्याय र क्षतिपुर्तीको माग गर्दै आन्दोलन
    मृतक फिरोजका आफन्तहरु क्षतिपुर्ती र न्यायको माग गर्दै आन्दोलित छन्। भदौ ४ गते उपचारमा लापरवाही गर्ने डाक्टर र अस्पतालका सञ्चालकलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसहित मृतकका आफन्तले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेका थिए । ५ गते वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको मुलद्वारमा २ घण्टा धर्नासमेत दिएका थिए। धर्नाकै क्रममा उनीहरुले कानुनी बाटोमार्फत न्यायको माग गर्दै आएका छन्।

    उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग समेत राख्दै आएका छन्। डाक्टरलाई कारवाही नगर्दासम्म र क्षतिपुर्ती नपाउँदासम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुको अडान छ। यसअघि भदौ ९ गते काठमाडौं रिपोर्टस क्लबमा पनि मृतकका आफन्तहरुले पत्रकार सम्मेलन गरेर न्याय दिलाउनुपर्ने माग गरेका थिए।

    चिकित्सक संघले डाक्टरलाई बचाउन खोजेको आरोप
    भदौ १३ गते मृतकका आफन्तले गरेको विरोध प्रदर्शनमा नेपाल चिकित्सक संघले डाक्टरलाई बचाउन खोजेको भन्दै विरोध भयो। वीरगञ्जको घण्टाघरबाट नारायणी अस्पताल तथा नेपाल चिकित्सक संघको कार्यालय अगाडी विरोध प्रदर्शन गर्दै यथाशिघ्र कानुनी दायरामा आउन मृतकका आफन्तले आग्रह गरे। नेपाल चिकित्सक संघ पर्साले पत्रकार सम्मेलन गरेर चिकित्सकको दोष नरहेको स्पष्टिकरण दिनुको कुनै तुक नरहेको नेपाली कांग्रेसका युवा नेता नविन सिंहले बताए। उनले भने, ‘यहाँ मान्छेको मृत्यु भइसक्यो, अँझै गल्ती छैन भनेर उम्किन पाइन्छ ?’

    चिकित्सक संघ पर्सा डा. आशिफ अन्सारीको बचाउमा लागेर पिडितलाई झनै अन्याय गरेको सिंहको आरोप छ। चिकित्सक संघले मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सालाई ज्ञापन पत्र बुझाउँदै ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न माग गरेको छ।

    यद्यपी ज्यान मार्ने धम्की कसैले नदिएको मृतकका आफन्तको दावी छ। नेता सिंह भन्छन्, ‘हामीले न्याय खोजेका हौँ, हामीलाई क्षतिपुर्ती चाहिन्छ र गल्ती गर्नेलाई कारवाही हुनुपर्छ। नेपाल प्रहरीकै अगाडी हामीले शान्तिपुर्ण ढंगले न्यायको माग गर्दा ज्यान मार्ने धम्की कसरी दिन सक्छौं?’

    ज्यान मार्ने धम्की दिएको भनेर सहानुभुती बटुल्न खोजेको र घटनालाई अन्यत्रै मोड्ने प्रोपोगाण्डा मात्रै भएको नेता सिंहको भनाई छ। पोस्टमार्टममा संलग्न चिकित्सले पनि ३ वटा नशा काटिएकै कारण मृत्यु भएको भनेको कुरा अडियो रेकर्डसमेत रहेको उनले दावी गरे।

    Chikitsak sangh

     

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल