जनकपुर, १२ भाद्र। महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन्। महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालाका बक्ताहरुले महिला पनि पुरुष सरह कामगर्न सक्ने बताउँदै सवैठाउँमा समान सहभागीतामा जोज दिएका हुन्।

LMP-INDUSTRY

नेपाली काँग्रेसका सचेतक चित्रलेखा यादवले हरेक क्षेत्रमा महिला पनि पुरुषसरह राजनीति गर्न सक्षम भएको बताए।

यस्तै, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले नेपाली महिला हरेक आन्दोलनका सहयात्री भएकाले महिलाले प्रत्येक निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार हुनुपर्नेमा जोड दिए।

post (1)

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य अंजना विशंखेले राजनीतिमा अहिले पनि ‘मिसन पोल्टिक्स’ भन्दा पावर पोल्टिक्स हावी भएको भन्दै पावर पोल्टिक्समा अभ्यस्त महिला मात्र संसदीय प्रक्रियामा आउन सकेको बताए।

कार्यक्रममा लोसपाका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले राजनीतिमा महिलाको उपस्थिति प्रतिनिधिमूलक मात्र भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सरस्वती चौधरीले प्रदेशसभामा समानुपातिकबाट प्रदेशसभा सदस्य चुनिनुभएका महिलालाई दोस्रो दर्जाको सांसद जस्तो व्यवहार हुने गरेको भन्दै प्रत्यक्ष र समानुपातिक दुवैको समान व्यवहार हुनुपर्नेमा जोड दिए।

महिला, बालबालिका, सामाजिक न्याय समिति मधेस प्रदेशका सभापति जैनुल राईनको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र अधिवक्ता रेखा झाले संसदमा महिलाको सहभागिताको विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए।

ab mall