वीरगञ्ज, १२ भदौ। सामाजिक सञ्जल समाचारको मुख्य स्रोत नै बनेको छ भन्दा फरक नपर्ला। तर, स्रोत नै सामाजिक सञ्जाल भन्दैमा पुष्ठि नगरेर समाचार बनाउनु भने भएन। शनिवार फेसबुक स्क्रल गर्दै जाँदा एउटा पोस्टमा गएर ध्यान अडियो।

LMP-INDUSTRY_final_ProTech

उक्त पोस्ट थियो पर्साको बहुदरमाई नगरपालिकाका निवर्तमान प्रमुख नितेन्द्र साहको। तर साहले आफै लेखेर गरको पोस्ट नभई अरुले लेखेको पोस्टलाई शेयर गरेका थिए। नेपाली कांग्रेसको ४ तारे झण्डाको तस्बिर कभर फोटो र कालो कपाल, कालै दाह्रीसँग कालै टिसर्टमा खिचिएको प्रोफाइल तस्बिर राखिएको रोशन सिंह नामको आईडीबाट उक्त पोस्ट गरिएको थियो।

1 copy

रोशन सिंहले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, संविधान सभा सदस्य अनिल रुंगटासहितका नेता, सञ्चारकर्मी लगायत २० जनालाई ट्याग गरेर पोस्ट लेखेका थिए। उनले लेखेका छन्, ‘पर्सा क्षेत्र न. २ के (क) नेपाली कांग्रेससे निर्वाचित विद्यायक राजेश्वर प्रसाद साह तेली ज्युमाथि जिल्ला कार्य समितिले कारवाही गरेको छ । साथै जिल्लाको कुनै पनि कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।’

उक्त पोस्ट देख्नेबित्तिकै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई सम्पर्क गर्न खोज्दा उनको फोन स्विच अफ बतायो। नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसँग बुझ्दा उनले यसबारेमा सभापति ज्युसँग नै जानकारी लिन आग्रह गर्दै फोन राखे।

प्रदेश सभा सदस्य राजेश्वर साह तेलीसँग गरेको टेलीफोन संवादका क्रममा उनले उक्त पोस्टलाई आफ्नो राजनीतिक चरित्र हत्या गर्न रचिएको षड्यन्त्रको संज्ञा दिए। उनले भने,‘यो कुनै आधिकारीक खबर हैन, पोस्ट देखेपछि म पनि चकित भए। मैले जिल्ला सभापति ज्युसँग बुझ्न खोज्दा उहाँको फोन अफ छ । तर पार्टीलाई केही थाहै छैन, यो कुनै व्यक्तिले मलाई बदनाम गर्न खोजेको हो।’

पार्टीकै नेताको निर्देशनमा मेरो बदनाम गर्न फिजाइएको हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उनले कानुनी बाटो खोज्ने चेतावनी पनि दिएका छन्। तेलीकाअनुसार नेपाली कांग्रेस पर्साका अनुशासन समितिका संयोजक रमेश पाण्डे पनि यस विषयमा अनविज्ञ छन्। आफ्नो क्षेत्रमा राम्रो काम गरेर कमाएको जनाधारदेखि डाहा भएर आफुलाई बदनाम गर्न खोजेको तेलीको आरोप छ।

mount school 333

यता बहुदरमाई नगरपालिकाका निवर्तमान मेयर नितेन्द्र साहले भने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य तेलीले आफ्नै भाईलाई स्वतन्त्र उम्मेदवार बनाएर कांग्रेसलाई नै हराएको उजुरी परेपछि कारवाही गरेको दावी गरे।

कुराकानीमा उनले भने, ‘वडा नम्बर ६ मा आफ्नै भाईलाई उम्मेदवार बनाएर उक्त वडाको साढे ८ सय भोट मेयरमा जसपा र उपमेयरमा एमालेलाई दिएको हुँदा मसहित ३ जनाले दिएको उजुरीका आधारमा पार्टीले कारवाही गरेको हो।’

क्षेत्रीय समितिले अनुशासन समितिलाई र अनुशासन समितिले गरेको सिफारिसबमोजिम प्रदेश समितिले कारवाही गरेको साहको जिकिर छ। ‘नेपाली कांग्रेसबाट बहुदरमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका म आफै, उपमेयरकी उम्मेदवार सोनामती देवी यादव र वडा नम्बर ६ को वडाअध्यक्षका उम्मेदवार रामप्रसाद यादवले उजुरी दिएका हौँ; साहले भने।

वडा नम्बर ६ मा राजेश्वर साह तेलीकै भाई प्रमोद प्रसाद स्वतन्त्र रुपमा उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित भएका छन्।

ab mall