राजविराज, ९ भाद्र। खाद्य स्वच्छता सम्बन्धी सरोकारबालासँग सचेतनामुलक कार्यक्रम बिहीवार राजविराजमा सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न उपभोक्ता भेला तथा सरोकारबालाको सचेतना कार्यक्रममा बक्ताहरुले खाद्य स्वच्छताका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खाद्य पदार्थमा हुने मिसावट र खाद्य स्वच्छता प्रबद्र्धनका लागि नियमित रुपमा बजार अनुगमनसँगै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जय नरायण मण्डल, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश कुमार साह, महासचिव अमृत कुमार संचेती, ललित कुमार झा, राष्ट्रिय उपभोक्ता मंच नेपाल सप्तरीका राजकुमार गुप्ता, न्यायिक नागरिक उपभोक्ता सप्तरीका राम कुमार यादव, मिलन डेरी उद्योगका सञ्चालक मिलन सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उद्योगी, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।