बालिका बलात्कार आरोपमा युवक पक्राउ, विवाह गरेर मिलाउने प्रयास विफल

    • भदौ ९, २०७९
    • ५६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ भाद्र। सिरहा प्रहरीले बालिका बलात्कार आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ। विवाह गर्ने प्रलोभवनमा पारी १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा ७ का जुमन खानलाई पक्राउ गरेको हो।

    2 copy 1

    गोलबजार नगरपालिका ६ मा डेरा लिई बसेका खानले बालिकालाई विवाह गर्ने प्रलोभन देखाई गत २०७८ चैते १० गते रातभरी पटक–पटक बलात्कार गरेर फरार रहेका खानलाई इलाका प्रहरी कार्यालय गोलबजारले आफन्तकोमा लुकिछिपी रहेको अवस्थामा बुधबार मिर्चैयाबाट पक्राउ गरेको जनाएको छ।

    घटनाको तत्काल उजुरी परेपनि स्थानीय जनप्रतिनिधीहरुकै संरक्षणमा खान लुकिछिपी बस्दै आएको बुझिएको छ। उनीहरुले दुवैजनालाई विवाह गराएर घटना मिलाउन खोजेको स्रोतले जनाएको छ।

    जनप्रतिनिधीहरुले नै ‘उनीहरुविच विवाह हुन लागेको छ; तत्काल पक्राउ नगर्न प्रहरीलाई दवाव दिंदै आएको बताइएको छ।

    प्रहरीले भने घटना लगदै बालिकाको सवै जाँच भएको र कर्तव्य गरेको देखिएकाले मुद्दा समेत दर्ता भईसकेको जनाए। अदालतको पक्राउ पुर्जीअनुसार खानलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए।

    मुलुकी अपराध संहिता, २०७४ को ‘परिच्छेद–१८ करणी सम्बन्धी कसूर २१९. (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ; भन्ने उल्लेख गरेको छ।

    कानुनले १८ वर्ष मुनिका बालिकालाई मजुरीमा करणी गरेपनि अपराध ठहर गरेपनि स्थानीय प्रतिनिधी यसको अझै वेवास्ता गर्दै मिलापत्र वा विवाह गराउने नाममा घटनालाई सामसुम पार्न लाग्ने गरेको सारोकारवालाहरु बताउँछन्।

    choharwa mabi

     

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल