वीरगञ्ज, ८ भाद्र। पर्साका २ वटा स्थानीय तहका पूर्व प्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन्। पर्साको पकाहमैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष बिजय कुमार चौरसिया नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

2 copy 1

चौरसियासँगै बिन्दवासिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीलाल साह कानु पनि एमालेमा प्रवेश गरेका छन्।

यसअघिको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम हालको जसपाबाट अध्यक्षमा निर्वाचित भएका कानु र चौरसियासँगै बिन्दवासिनीको उपाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी किरण देवी गुप्ता पनि एमालेमा प्रवेश गरेकी छिन्।

नेकपा एमाले क्षेत्र नम्बर ३ को आयोजनामा काठमाडांै पार्टी कार्यालयमा पुगेरै उनीहरुले पार्टी प्रवेश गरेका हुन्। पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशीहरुलाई स्वाग गर्दै पार्टी प्रवेश गराएका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गरीरहेका सखुवाप्रसौनीका निरराज गिरी पनि एमालेमा प्रवेश गरेका छन्। उनी गाउँ पालिकाका प्रभावशाली नेता मानिन्छन्।

कांग्रेसका महाधिवेशन प्रतिनिधीसमेत रहेका गिरी वडा नम्बर ५ का वडा सदस्य पनि हुन्। २०५४ सालमा गाविस अध्यक्ष समेत भइसकेका गिरी यही मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यका लागि सम्भावित उम्मेदवार समेत रहेको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।

एमालेमा प्रभावशाली नेतासँगै पूर्व पालिका अध्यक्षहरु प्रवेश गर्नुले पार्टीप्रतिको बिश्वास पनि बढ्दै गएको अध्यक्ष यादवको भनाई छ।

जसपाबाट पकाहमैनपुर गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्षका उम्मेदवार रहेका मदन साह कानु, सखुवाप्रसौनी वडा नम्बर १ को वडाअध्यक्ष बासुदेव महतो थारु, ४ नम्बरका वडाअध्यक्ष महमद आरिफ अन्सारी, पटेर्वासुगौली १ का फरमान अन्सारी, पटेर्वासुगौलीका पूर्व अध्यक्ष हरिनारायण चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

jamdaha mabi