उपचारमा लापरवाही भएको भन्दै वीरगञ्जमा प्रदर्शन

    • भदौ ५, २०७९
    • ४३० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ५ भाद्र। वीरगञ्ज हेल्थ केयर हस्पिटलले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तले प्रदर्शन गरेका छन्। पर्साको छिपहरमाई गाउँपालिका २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गर्ने अस्पताल र चिकित्सकलाई कारवाहीको माँग गर्दै बिरामीका परिवारले प्रदर्शन गरेका हुन्।

    2 copy 1

    वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै अस्पताल र शल्यक्रिया गर्ने चिकित्सक जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको विरुद्धमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गनमा २ घण्टा धर्ना दिएका छन्।

    वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुलहैस अन्सारीलाई र शल्यक्रिया गर्ने चिकित्सक डा. आशिफ अन्सारीलई पक्राउ गरेर कारवाही गर्नुपर्ने उनीहरुको माग छ।

    ‘वीरगञ्ज हेल्थ केयर हस्पिटल मुर्दावाद, डाक्टर होइन हत्यारा हो, डाक्टर आशिफलाई जेल गर’ लगायतका नाराहरु लेखिएको ब्यानर बोकेर उनीहरु धर्नामा बसेका छन्।

    ३ दिन अघि नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेर चिकित्सक र अस्पताल सञ्चालकलाई पक्राउ गर्न माग गरेका उनीहरुले आइतवारदेखि धर्नामा बस्ने चेतावनी दिएका थिए। धर्नालाई निरन्तरता दिने र विरोधको स्वरुप परिवर्तन गर्दै जाने बिरामीका दाई मुम्ताज अन्सारीले यात्रा डेलीलाई बताए।

    गत साउन २६ गते सो हस्पिटलमा भर्ना भएका अन्सारीको पहिलो शल्यक्रिया डा. अन्सारीले नै असफल बनाएको र दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रीत रक्तश्राव हुँदा विरामीको अवस्था झन विग्रीएको बिरामीका दाई मम्ताजले बताए।

    मम्ताजका अनुसार बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

    jamdaha mabi

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    तराईमा पाँच दिनसम्म ...

    सिरहा, १० बैशाख। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम ...

    गोलबजारमा विशेषज्ञ स ...

    सिरहा, ९ बैशाख। मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार य ...

    दलीय राजनीतिमा सक्रि ...

    काठमाडौ, ९ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल