काठमाडौं, ५ भाद्र। नेपाली कांग्रेसता तथा विचारक प्रदीप गिरीको ७५ वर्षको उमेरमा शनिवार राती निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

कांग्रेस संसदीय दलका सचेतक मिन विश्वकर्माले शोक विज्ञप्ती मार्फत शनिबार राति ९ बजेर ३० मिनेटमा गिरिको निधन भएको पुष्टि गरेको हो।

विश्वकर्माले गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने विश्वकर्माले बताएका छन्। त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

बिहान साढे ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तथीमा उल्लेख गरीएको छ।

प्रतिनिधिसभा सदस्य गिरिको दुई सातादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

MIN BK

ab mall