काठमाडौं, ४ भाद्र। ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेपछि गिरि पत्नी भारती सिलवालले गिरीले स्वास्थ्यलाभको लािग प्रार्थना गर्न अपील गरेकी छिन्। गिरिकी पत्नी भारतीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य अवस्था जटील भनेको भन्दै स्वास्थ्य लाभको लागि प्रार्थना गर्न समेत अपिल गरेकी हुन्।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन्। अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन्।’

यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उनले धन्यवाद दिएकी छन् र गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थनहरुलाई आग्रह गरेकी छन्।

jamdaha mabi