फाईल फोटो।

काठमाडौं, ४ भाद्र। राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गुगेकी छन्। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराईरहेका गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान राष्ट्रपति भण्डारी अस्पताल पुगेकी हुन्।

राष्ट्रपति भण्डारीले गिरीको स्वास्थ्य अवस्थाको जानकारी लिदै स्वास्थ्य लाभको कामनासमेत गरेकी कांग्रेस नेता रत्न कार्कीले जानकारी दिए।

गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ पुगेका थिए। गृहमन्त्री बालकृष्ण खाण पनि गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।

गिरीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको छ। गिरिलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। घाँटीमा क्यान्सर भएका उनलाई निमोनियाले पनि च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

कार्कीका अनुसार अस्पतालका डा.पंकज वर्मनसहितको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको छ। घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरीरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या भएको चिकित्सकले बताउँदै आएका थिए।

GBS lahan