भारतमा फोन गर्न टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा

    • भदौ ३, २०७९
    • १९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३ भाद्र। नेपाल टेलिकमले ग्राहकलाई सजिलो होस् भनेर भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ। बिहीबारदेखि लागू भएको प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए।

    srijana school 333


    इन्डिया भ्वाइस प्याक दैनिक सुविधाअन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ मा उपलब्ध छ। त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः दुई सय ५९ मा र सात सय ५९ मा उपलब्ध छन्।

    एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ। प्याकेज गरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात खरिद प्रक्रिया अघि बढाउन सकिन्छ।

    GBS lahan

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    आफ्नो आवज सरकारसम्म ...

    सिरहा, १ जेठ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृक ...

    सिरहामा हतियारसहित ...

    सिरहा, १ जेठ। सिरहामा गएराती हतियारसहित आएका लुटेरा समु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल