जनकपुर, १ भाद्र। राज्यको हरेक निकायमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि संघर्ष गर्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्।

mount school 333

दलित महिला संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको दलित महिलाको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र सरोकारबालाको भुमिका विषय संवाद कार्यक्रममा बक्ताहरुले दलित महिलालाई अझै पनि अर्थपुर्ण सहभागिताको सुनिश्चिचता नरहेकाले संघर्ष गर्नुको बिकल्प नरहेको बताएका हुन्।

दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा दलित अगुवा तथा जसपाका केन्द्रीय सदस्य रामेश्वर महराले दलितहरु अहिले पनि भोट बैंकको रुपमा मात्र प्रयोग भईरहेको भन्दै अब संगठित भएर दलितहरु अघि बढ्नुपर्ने बताए।

दलितको भोट लिने तर दलितलाई अवसर नदिने प्रबृति अझै कायम रहेकाले दलित समुदायहरु आफ्नो अधिकारको लागि संघर्षको बिकल्प नरहेको बताए।

उत्पीडित मुक्ति समाज धनुषाका अध्यक्ष बिनोद मण्डलले दलित महिललाई वडा सदस्यको कोटामा सिमित गरी अन्याय गरेको भन्दै प्रमुख वा उपप्रमुख पदमा दलितको सिट सुरक्षित गर्नुपर्ने माग गरे ।

srijana school 333

दलित अभियन्ता शम्भु पासवानले राज्यको बिभेदकारी नीति र पुरातनबादी चिन्तनका कारण दलित समुदाय अझै अधिकारबाट बञ्चित रहेको भन्दै राज्यको हरेक निकायमा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

दलित महिला संघ धनुषाका अध्यक्ष पल्टी महराको अध्यक्षतामा आयोजित कार्यक्रममा रासस मधेश प्रदेशका प्रमुख राजु विश्वकर्मा, जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ३ का वडासचिव अनिल कुमार मिश्र, दलित महिला संघका कार्यक्रम संयोजक जितेन्द्र सदा लगायतले दलित महिलाहरुमा नेतृत्व विकाससँगै राज्य हरेक निकायमा अर्थपुर्ण सहभागिता हुनुपर्नेमा जोड दिए।

jamdaha mabi