खोटाङ, १ भाद्र। जिल्ला अस्पताल खोटाङका स्वास्थ्य कर्मीनै भाइरल ज्वरो पीडित भएपछि उपचारमा आउने विरामी मर्कामा परेका छन्।

srijana school 333

एक सातायता जिल्ला अस्पताल दिक्तेलमा कार्यरत स्वास्थ्यकर्मीमा समेत विरामी परेपछि उपचारमा आउने सेवा ग्राही मर्कामा परेका हुन्।

हिजोआज उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू ह्वात्तै बढेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना विरामी आएको जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले जानकारी दिए।

अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए। चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड–१९ को लक्षण देखिएको डा. राईले बताए।

jamdaha mabi