सर्लाही, ३१ साउन। सर्लाही प्रहरीले स्रोत नखुलेको रकम र सुनको गहना सहित २ जनालाई नियन्त्रणमा जिएको छ। जिल्लाको बरहथवा नगरपालिका ११ हिरापुर ब्यारेज सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँ नगद सहित २३३ ग्राम २८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले शिखर नगरपालिका ७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेको प्रहरीले जनाएको छ। नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुन सहित फेला पारी पक्राउ गरेको हो।


घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

jamdah mabi 3