जनकपुर, २८ साउन। मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले संघीय सरकारले प्रहरी समायोजनको माँग प्रति वेवास्ता गरेको भन्दै धर्नामा बस्ने भएका छन्।

1 copy

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत वेवास्ता गरेको भन्दै्र अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्ने बताएका हुन्।

शनिबार पत्रकार सम्मेलन गरी उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। मन्त्री साहले आइतबारदेखि बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताए। एकहप्ता सम्म नियमित धर्ना वस्दा समेत सरकारले ध्यान नदिए अर्को चरणको आन्दोलन घोषणा घोषणा गर्ने बताए।

धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको समेत सहभागिता रहने मन्त्री साहले बताए। यसअघि प्रदेशका मन्त्रीहरुले गत साता प्रहरी समायोजनका निम्ति प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै आन्दोलनको अल्टिमेटम दिएका थिए।

नेपालको संविधानमा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ। तर प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए।

sahakari copy (1)