आज रक्षबन्धन : मिथिलामा छुट्टै चहलहल

    • श्रावण २७, २०७९
    • ५३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ साउन। मिथिलामा आज ‘रक्षाबन्धन’ पर्व मनाइँदै छ। साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न तथा फलफुल किन्नमेल गर्नमा व्यस्त छन्।

    2 copy 1
    मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भरदुतिया र सामा पर्व मनाइन्छ। यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘रक्षाबन्धन’ को विशेष चहलपहलयुक्त हुने गरेको छ।

    हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ÷दिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ। पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) दायाँ हातको नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्छन्।


    अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ।

    1 copy

    पर्वका अवसरमा विवाहित दिदीबहिनी दाजुभाइका घर गएर वा दाजुभाइलाई आफ्नै घर बोलाएर पर्व मनाउँछन्। अविवाहित दिदीबहिनीले त सँगै एउटै परिवारमा रहेका दाजुभाइसँग यो पर्व मनाउँछन्। पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्यवृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिएर ‘हमर भैया जिए सौ बरिस’ ९मेरा दाजुभाइ सय वर्ष बाँचुन्० भन्दै सगुनस्वरुप मिष्टान्न परिकार खुवाउँछन्।

    पर्वमा दाजुभाइले दिदीबहिनीबाट ‘राखी बाँधेपछि उनीहरुलाई पनि ‘राखी’ बाँधी दिएर वस्त्रआभूषण र दक्षिणा दिने चलन छ।

    पर्वले आज प्राचीन मिथिला क्षेत्रमा निकै चहलपहल बढेको छ। प्रत्येक बस्तीबस्तीका चोकचोकमा विभिन्न रङ्गका कलात्मक राखी बेच्न राखिएका छन्। मिथिलामा यो व्यापार केही दिन पहिलेदेखि नै जमेको छ। त्यसैगरी आज मिठाई र फलफूलको व्यापार पनि पर्व विशेषले ह्वात्तै बढेको छ।

    IMG-20220803-WA0002_1659535725

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल