सिरहा : प्रहरी प्रशासनकै सेटिङ्गमा व्यापक तस्करी, दिनभरी भण्डारण रातभरी ढुवानी प्रहरीको आखाँ अगाडीबाटै तस्करी

    • श्रावण २४, २०७९
    • १,२३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    मुकेश कुमार यादब/ सिरहा २४ साउन । सिराहामा प्रहरी प्रशासनकै सेटिङ्गमा व्यापक चोरी,तस्करी भैरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरि ल्याइएको समान पक्राउ गरेपनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो 

    तस्करहरुले सिमानाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र एसपि, नेपाल प्रहरी एसपि,भन्सार प्रमुख लगायतका कर्मचारी एकमुस्ठ मोटो रकम दिइ लाइन तिरेर दिनभरी नाकाको वरिपरि भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडीबाट तस्करी गर्ने गरेको स्थानियहरु बताउछन् । सिमा नाकामा बसेका शसस्त्र प्रहरी,नेपाल प्रहरी र दर्जनौ सिभिल (सादा पोषाक)मा खटाइएका प्रहरीहरु दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदाम सम्म पुर्याउने गरेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए ।
    ‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सिमानाकाबाट वारपार गर्न सम्भव छ’ कारण हो प्रहरीको उपस्थिति रहेपनि प्रहरीको आखाँ अगाडीबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानिय दिपेन्द्र यादबले सुनाए ।’सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरुले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भि¥याइन्छ ,। र वारि (नेपाल) बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरु पारि (भारतीय बजार ) पु¥याइन्छ ।IMG_20220809_181554 वरियारपट्टिका स्थानीय अरविन्द यादबका अनुसार,‘ यस नाकाबाट रातभरी (भारतीय बजार )पारिबाट सामान ल्याएर टेम्पो,पिकअप र मोटरसाइकल मार्फत सिरहाको ठुलो बजार लाहान,गोलबजार,मिर्चैया,सिरहा लगायतको वजार सम्म ढुवानी हुन्छ ।’ सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्द सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन् । सडक छेउमै घर हुने उनले भने,‘तस्करीका सामान बोकेका गाडीहरु वेजोर हुइकिएपछि गाडीको धुलोधुवाँ र हरनले राती र दिउसो हामिलाई कुनैवेला चैयन हुदैन,हामीसँग आँखा, कान र मुख थुनेर बाहेकको कुनै विकल्प नै छैन् । प्रहरीलाइ खवर गरेपनि वेखवर जस्तै गर्छ उनले गुनासो पोखे ।


    गत बुधबार माडर भन्सार नाकाबाटै करिव एकलाख वरावरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइलक यात्रीलाई ठक्कर दियो । साइकलमा सवार सिरहा नगरपालिका २२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छोडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थलपुगेका विष्णुपुर प्रहरी चौकीले कारभित्र भेटाएका तीन वटा बोरामा कपडा थियो । कपडा र कारसहित जिल्ला प्रहरी कार्यालय सिरहाले १५ लाख ७६ हजार ६ सय मूल्यांकन प्रतिवेदनसहित बिहीबार जिल्ला भन्सार कार्यालय माडरमा बुझायो माडर नाकाबाटै भित्रिएका उतm कार र तस्करीका सामानसहितको लागत माडर भन्सारमा पाइएनन् । गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले कार्यालयले स्किारेका छन् । यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाका बाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउटपोष्टका प्रहरी निरिक्षक लोकनाथ उप्रेतीले जनाए ।
    प्रहरी निरिक्षक उप्रेतीले संचारकर्मी संगै कुरा गर्दा भन्ने ‘ यो थोरै मुल्यको सामान थियो यस्ता कुरामा नलागनुस यस्ता धैरै कामहरु हुन्छ ,यो सानोतिनो कुरोमा अल्झिएर काम छैन् ।’
    यता , माडर नाकाकै बाटो प्रयोग गरि भन्सारको कर्मचारी र शसस्त्र प्रहरीको आखाँ अगाडीबाट दिन दहाडै राजस्व छली गरि ल्याइको सामान एकासि विष्णुपुर सम्म पग्नु भनेको प्रहरी र भन्सार कर्मचारीको मिलोमतो रहेको पुष्टि हुन्छ । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६ सय र कारको मूल्यांकन १५ लाख गरी १५ लाख ७६ हतजार रुपैयाँसहितको मूल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।IMG_20220809_181858

    सोहि विषयमा सिरहाका प्रहरी उपरिक्षक अर्जुन तिम्लिसिना संग कुरागर्दा उहाँको भनाइपनि शसस्त्र प्रहरी निरिक्षक उप्रेतीसंगै मिलेको देखियो, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता नरहेको बताए । सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने मालसामान मिर्चैया, सिरहा र गोलबजार स्थित तस्करहरुको गोदामसम्म सहज रुपमा पुग्नु र प्रहरी वेखर हुनुले मिलोमतो रहेको प्रष्ट देखिन्छ । भारतीय वजारबाट भन्सार राजश्व छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार छन्,। तर, प्रहरीले खवर पाएपनि गुमनाम भएर बसेका छन् ।
    सिरहामा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका सादा पोशाकका प्रहरी(घुमुवा) सीमाक्षेत्र र सहरमा बस्ने प्रहरुहरुले ‘गुण्डा राज’ शुरु गरेको जस्तो अनुभुती हुनथालेको स्थानियहरुको भनाइ छ ।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल