प्रदेश सरकारद्वारा जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

    • श्रावण २४, २०७९
    • २८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    खोटाङ, २४ साउन।  जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट जडान गरिएको हो।
    2 copy 1

    अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ।

    अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले बताइन् । उत्पादित अक्सिजन रित्तो सिलिण्डरमा भरेर जिल्ला अस्पतालमा प्रयोगमा ल्याइसकिएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ। 

    ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउनेगरी व्यवस्थापन हुने जानकारी दिइएको छ । अक्सिजन प्लान्ट अभावमा अक्सिजनको सिलिन्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता थियो । 

    अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो । निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो । 

    1 copy

    अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लास्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो । 

    अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । 

    अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत २४ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो । 

    choharwa mabi

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल