श्रीमती र सासुलाई मट्टीतेल खन्याएर हत्या प्रयास गर्ने सदा फरार

    • श्रावण २२, २०७९
    • ३९५ पटक पढिएको
    • गमक पाेस्ट

    बर्दिवास, २२ साउन। महोत्तरीमा आफ्नै श्रीमानले श्रीमती र सासू मट्टीतेल खन्याएर आगो लगाएका छन्। औरही नगरपालिका ८ का शंकर सदाले भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

    3 copy

    घरायसी विवादका कारण शंकरले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका हुन सक्ने प्रारम्भिक अनुमान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि काठमाडांै लगिएको जनाएको छ। उनीहरुकोे अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    आगो लगाएर हत्या प्रयास गरी बाहिरबाट चुकुल लगाएर सदा भारततर्फ भागेका छन्। गए राति हत्या प्रयास भएको भए पनि स्थानीयवासीले पछि मात्र थाहा पाएर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

    वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। हत्या प्रयास गर्ने सदा फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    choharwa mabi

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल