सिरहाको गोलबजारबाट ब्राउन सुगर सहित तीनजना पक्राउ

    • श्रावण २२, २०७९
    • ९६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २२ साउन। प्रहरीले ब्राउन सुगर जस्तो देखिने प्रतिवन्धित लागु पदार्थ सहित सिरहाको गोलबजार नगरपालिका ६ मैनाबती पुल नजिकबाट एकजना भारतीय लगायत तीन जनालाई पक्राउ गरेका छन्।

    srijana school 2

    इलाका प्रहरी कार्यालय गोलबजारले विशेष सुचनाको आधारमा करिव ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सिरहा नगरपालिका १७ का ३४ वर्षीय महाजन पासमान, ३३ वर्षीय अनिल पासमान र भारत घर भएका ३० वर्षीय अनिल कुमार सिंहलाई पक्राउ गरेका हुन्।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ६ मैनाबत्ती पुल नजीक प्रहरीले प्रदेश २–०१–००१ प ७४९७ नम्बरको मोटरसाइकलमा सवार महाजन र बीआर ३२ एम् ९१७४ नम्बरको मोटरसाइकलमा सवार अनिल कुमार र अनिललाई चेक जाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला परेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।

    पक्राउ परेका तीनजैजनालाई आजै जिल्ला अदालत सिरहाबाट लागुऔषध मुघामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताए।

    IMG-20220803-WA0002_1659535725

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल