सर्लाही, २१ साउन। वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र निजगढ विमानस्थल निर्माणको लागि बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुखपनि काट्न नदिने बताएका छन्। निजगढमा बन्ने अन्तर्राष्ट्रिय बिमान स्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर बिमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि बन मन्त्रालयबाट अनुमतिदिने मन्त्रीयादवले बताएका छन्।

2 copy 1

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको उद्घाटनगर्दै मन्त्री यादवले निजगढ बिमानस्थल मधेशको लाईफलाइन भएको हुँदा आफु त्यसको विरोधी नभएको स्पष्ट पारे। उनले भने, ‘रुख काटेर जग्गाखाली गराउने, अनि फेरी बस्ती बसाल्ने र मुआब्जादिने। यस्तो अब चल्दैन। पहिला मुआब्जा पाएको जग्गा खाली गराएर बिमान स्थलकालागि आवश्यक पर्ने बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न मन्त्रालयले अनुमतिदिँदैन।’

वन माफियालाई तह लगाउनकालागि कुनै पनि कदमचाल्न पछि नहट्ने बताउँदै उनले मन्त्रालयको निर्देशन बमोजिम वन–जंगलको संरक्षणका लागि काम गर्न निर्देशन दिए।

वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर पनि वनजंगल संरक्षण तदारुकता देखाउन उनले आग्रह गरे। तस्करसँग मिलेर काठ, ढुंगा र गीठीको लाइनदिने जस्ता गुनासोहरु सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

1 copy

राम्रो काम गर्नेलाई ‘सम्मान’ र नराम्रो गर्नेलाई ‘दण्डित’ गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिएका छन्। केही समयभित्रै वन मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्ने हुँदा त्यसको लागि आवश्यक तयारी पनि भइरहेको मन्त्री यादवको भनाई छ।

बाघको संख्या बढेको भन्दै विश्वव्यापी रुपमा नेपालको चर्चा चलीरहेको बताउँदै उनले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिएका छन्। वन तथा भू–संरक्षण विभागको वार्षिक कार्यक्रम अन्र्तगत निर्मित भवनको उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वन रक्षकमा जनशक्ति अपर्याप्तहुँदा अपेक्षित काम हुननसकेको हुँदा केहीदिन भित्रै केही संख्यामा वन रक्षक भर्ना गरिने जानकारी दिए।

वन रक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ति गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्रप्रहरीले खेलेको भूमिकाको सह्राना गरे। जंगल बिनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने चेतावनी पनि दिएका छन्।

choharwa mabi