सिरहामा एक बर्षमै एक हजार ८६५ नयाँ उद्योग दर्ता, धेरै कृषिजन्य उद्योग दर्ता

    • श्रावण १९, २०७९
    • ३५६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १९ साउन। बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वातै बढेको छ।

    1 copy

    बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा सजिलै र कम व्याजमा ऋण लगानी गर्न थालेको सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको हो।

    आर्थिक बर्ष २०७८/०७९ मा एक हजार ८६५ वटा नयाँ उद्योग दर्ता हुदाँ त्यसमा एक हजार २४३ वटा कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ।

    दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपंक्षी र माछापालन सम्बन्धि एक हजार १२० वटा, पशुपालन सम्बन्धि ७१ वटा, माछापालन सम्बन्धि १२ वटा, दूधजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिए।
    यस्तै आर्थिक बर्ष २०७८/०७९ मा सेवामूलक उद्योग ४७७ वटा, उत्पादनमूलक उद्योग १४५ वटा दर्ता भएको प्रमुख यादवले बताए ।

    यो सँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार ७५७ वटा र सेवा उद्योग चार हजार ७१५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार ३१५ पुगेको प्रमुख यादवले जानकारी दिए।

    यस्तै आर्थिक बर्ष २०७८/०७९ मा नयाँ उद्योग र बाणिज्य तर्फ दर्ताबाट १ करोड ८१ लाख ३३ हजार २९८ राजस्व सङ्कलन भएको जनाएको छ। गत आर्थिक बर्ष २०७७/०७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएको थियो। अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा पनि सबै भन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२ वटा, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योग तर्फ १८६ वटा उद्योग दर्ता भएको थियो।

    srijana school 2

    अघिल्लो आर्थिक बर्ष २०७७/०७८ मा कृषि तथा वन जन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८ वटा, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ।

    जिल्लास्थित बैंक तथा बित्तिय संस्थाहरुबाट कृषिजन्य उद्योगमा सहुलियत व्याजदरमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङ्गले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयहरु आकर्षित भएको प्रमुख यादवको भनाई छ।

    IMG-20220803-WA0002_1659535725

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल